Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

त्रिदेशीय विद्युत ब्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : प्रचण्ड

त्रिदेशीय विद्युत ब्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : प्रचण्ड

त्रिदेशीय विद्युत ब्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : प्रचण्ड

२०८१,फागुन २ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौता कोशेढुंगा भएको दाबी गरेका छन् ।

शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०का पदाधिकारीहरुसँग कुरा गर्दै उनले भारत र बंगलादेशसँग भएको व्यापार सम्झौता नेपालको समृद्धिको  सपना पुरा गर्ने बताए ।

उनले भने, ‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो ।’

उनले थप भने,‘हामीले जलविद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायतलाई देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौँ ।’

भारतहुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने पनि बताए । उनले अहिलेको सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्नेगरी हस्तक्षेप बढाएको टिप्पणी गरे ।

उनले इप्पानले विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे । आफूले सरकारको नेतृत्व गर्दा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुने गरि अध्यादेश ल्याएका ल्याएपनि अदालतले रोकेकाले यसका लागि थप लविङको आवश्यकता रहेको पनि स्पष्ट पारे ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत विकासमा अध्यक्ष प्रचण्डको योगदान महत्वपूर्ण रहेको औल्याउँदै उनको पालामा त्रिदेशीय विद्युत व्यापार सम्झौता, निजी क्षेत्रसँग २८ हजार मेगावाट विद्युत उत्पादनको सहमति, लोडसेडिङ अन्त्य ऐतिहासिक कार्य भएको बताए ।

उर्जा विधेयक संसदमा छलफल हुन थालेको जानकारी दिँदै उनले पहिले ५० वर्षको लाइसेन्स हुने व्यवस्था रहेकोमा अहिले ३५ वर्ष प्रस्ताव गरिएको र अहिले थुप्रै फाइल थन्किएकाले यसमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सहजीकरण गरिदिन अध्यक्ष प्रचण्डलाई आग्रह समेत गरे । 

 

सम्बन्धित समाचार