Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

तोलाको २७ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

तोलाको २७ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

तोलाको २७ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

२०८१,फागुन ४ गते

काठमाडौं । आइतबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रूपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कारोबार भएको सुनको मूल्य आज १ लाख ६७ हजार ५ सय रूपैयाँमा झरेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि १५ रूपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४३ हजार ६०५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७६ रुपैयाँ रहेको छ । 

सम्बन्धित समाचार