Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सर्वोत्तम सिमेन्ट कम्पनीले किन्यो जगदम्बा सिमेन्ट 

सर्वोत्तम सिमेन्ट कम्पनीले किन्यो जगदम्बा सिमेन्ट 

सर्वोत्तम सिमेन्ट कम्पनीले किन्यो जगदम्बा सिमेन्ट 

२०८१,फागुन ४ गते

काठमाडौं।सर्वोत्तम सिमेन्टको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कम्पनी खरिद गरेको छ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पेस गरेको छैठौं साधारण सभाको माइनोटमा यस्तो जानकारी दिएको हो। 

कम्पनीका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले हाल सञ्चालनमा रहेको दुवै उद्योग खरिद गर्दा करिब २२ वर्ष पुरानो ब्राण्डका साथै डिलर नेटर्वकको साथ कम्पनीलाई प्राप्त हुने बताएका छन्।

शुभश्री जगदम्बा सिमेन्ट मिल्सको प्रतिसेयर एक सय रूपैयाँ र जगदम्बा सिमेन्ट प्रालिको प्रति सेयर १५ रूपैयाँका दरले खरिद गरेको बताइएको छ।

कम्पनीले सो साधारण सभामा ७ प्रतिशत बोनस प्रस्ताव समेत पारित गरेको थियो। सेयर बिक्री गरेसँगै जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिएको छ।

जगदम्बा सिमेन्टले दैनिक एक हजार टन सिमेन्ट उत्पादन गर्दै आइरहेको छ। त्यस्तै, शुभश्री जगदम्बाले वार्षिक ८ लाख सिमेन्ट उत्पादन गर्दै आइरहेको छ।

सम्बन्धित समाचार