Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो

२०८१,फागुन ५ गते

काठमाडौँ । आइतबार घटेर कारोबार भएको सुनको भाउ सोमबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।

जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो । 

यता, चाँदीको भाउसमेत बढेको छ । यसअघि प्रतितोला १ हजार ९५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९७० रुपैयाँमा कारोबार हुनेछ । 

सम्बन्धित समाचार