Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर  

काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर  

काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर  

२०८१,फागुन ५ गते 
काठमाडौँ।काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौँको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो ।

त्यस्तै दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ । काठमाडौँमा वायु प्रदूषण मंगलबार रातिसम्म नै बढ्ने वातावरण विभागको पूर्वानुमान छ ।

सम्बन्धित समाचार