काठमाडौं , फागुन ८ । सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा कवि फुयाँल नियुक्त भएका छन् । कम्पनीले फुयाँललाई सिनियर डीसीईओमा नियुक्त गरेको हो ।
यसअघि फुयाँल आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए । आइएमई लाइफमा गत भदौ ७ गतेदेखि दोस्रो कार्यकाल सुरु हुनु १ दिन अघिमात्र उनले राजीनामा दिएका थिए ।
फुयाँलले नेतृत्व सम्हालेपछि आइएमई लाइफलाई शीर्ष जीवन बीमकको सूचीमा पुर्याउन सफल भए ।
