Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न

२०८१,फागुन १५ गते
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज फागुन १५ गते सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि शुरू भएको थियो।

सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश ९कर सहित० वितरणको प्रस्ताव पारित गरेको छ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ।

त्यस्तै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक बैठक भत्ता वृद्धि गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार