Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

युनाइटेड इदी मर्दीको वार्षिक साधारणसभा चैत ११ मा हुदै 

युनाइटेड इदी मर्दीको वार्षिक साधारणसभा चैत ११ मा हुदै 

युनाइटेड इदी मर्दीको वार्षिक साधारणसभा चैत ११ मा हुदै 

२०८१,फागुन १५ गते

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरा–१७ घारीपाटनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ का हाल कायम चुक्तापुँजीको कुल ४.२११ प्रतिशतका दरले लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२११ नगद लाभांश छन्।

सभाले बोनस शेयर जारीपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गरी कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्दै नियमनकारी निकायहरु विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतसँग आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ। सभाले नियमावलीमा व्यवस्था भएबमोजिम सञ्चालकहरुको निर्वाचन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

सम्बन्धित समाचार