Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र ल्याउने, लगानीकर्तालाई ब्याज कति ?

सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र ल्याउने, लगानीकर्तालाई ब्याज कति ?

सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र ल्याउने, लगानीकर्तालाई ब्याज कति ?

२०८१,फागुन १५ गते
काठमाडौं । सिद्धार्थ बैंकले साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने भएको छ। बैंकले नेपाल धितोपत्र बोर्डसँग ऋणपत्र ल्याउन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा सिद्धार्थ बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ।

कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

सिद्धार्थ बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.२५ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

सम्बन्धित समाचार