२०८१,फागुन १६ गते
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा राष्ट्रिय सभागृह, काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त सभाबाट ६ जना सञ्चालक निर्वाचित भएको बैंकले जनाएको छ । संस्थापक समूहतर्फबाट पृथ्वी बहादुर पाँडे, दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी र मदन कुमार आचार्यको निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका छन् ।
बैंकले आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंकको कूुल निक्षेप ४६ अर्ब ५८ करोड रूपैयाँले वृद्धि भइ ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रूपैयाँले वृद्धि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
हाल बैंकले २७२ शाखा, २६६ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६५ एक्स्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङ मार्फत सेवा दिँदै आएको छ
