Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आजबाट एफपीओ निष्काशन गर्दै स्वरोजगार लघुवित्त

आजबाट एफपीओ निष्काशन गर्दै स्वरोजगार लघुवित्त

आजबाट एफपीओ निष्काशन गर्दै स्वरोजगार लघुवित्त

२०८१,फागुन १८ गते

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन १८ गतेदेखि एफपीओ निष्काशन गरेको छ।

लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको हो। सो शेयरका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिंग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

सम्बन्धित समाचार