Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सन नेपाल लाइफको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ सम्पन्न

सन नेपाल लाइफको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ सम्पन्न

सन नेपाल लाइफको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ सम्पन्न

२०८१,फागुन १८ गते 
काठमाडौं । सन नेपाल इन्स्योरेन्सको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ भव्य रुपमा सम्पन्न भएको छ । एजेन्सीहरुको कार्यक्षमता बृद्धि गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रम भिजन सफारी सौराहा, चितवनमा फागुन १६ देखि १८ गतेसम्म सञ्चालन भएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले एजेन्सीहरुलाई हौसला प्रदान गर्नुका साथै कम्पनीले लिएको व्यवसायीक लक्ष्यको बारेमा जानकारी गराएका छन् ।

साथै, कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, चिफ मार्केटिङ अफिसर गणेश चौलागाई लगायत विभिन्न शाखा कार्यालयका उत्कृष्ठ एजेन्सीहरुको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका एजेन्सीहरुले उत्साहित हुदैँ आउँदो दिनमा अझै सशक्त भएर व्यवसाय गर्ने प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार