Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

राष्ट्रियसभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

राष्ट्रियसभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

राष्ट्रियसभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

२०८१, फागुन २२गते
काठमाडौँ। संघीय संसद अन्तर्गत राष्ट्रि यसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस हुनेछ ।

यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

जसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश– २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश– २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ रहेका छन् ।

सम्बन्धित समाचार