Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

क्रेष्ट माइक्रोको आइपीओमा ६.५३ गुणा बढी आवेदन

क्रेष्ट माइक्रोको आइपीओमा ६.५३ गुणा बढी आवेदन

क्रेष्ट माइक्रोको आइपीओमा ६.५३ गुणा बढी आवेदन

२०८१, फागुन २३ गते
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा १ अर्ब २० करोड ५४ लाख ४५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात् फागुन २३ गते साँझ ५ः०६ बजेसम्ममा ९ लाख ७३ हजार १८२ जनाले १ करोड २० लाख ५४ हजार ४५० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ६.५३ गुणाले बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणका लागि आइपीओ खुला गरेको हो । नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।

सोमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

अब कम्पनीले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि आजदेखि निष्कासन गरेको हो। यस आईपीओमा आवेदन दिँदा घटीमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले यो आईपीओ फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार