Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिटिजन लाइफ वीमेन्स फोरमद्वारा नारी दिवस सम्बन्धि कार्यक्रम सम्पन्न

सिटिजन लाइफ वीमेन्स फोरमद्वारा नारी दिवस सम्बन्धि कार्यक्रम सम्पन्न

अर्थ प्लस
सिटिजन लाइफ वीमेन्स फोरमद्वारा नारी दिवस सम्बन्धि कार्यक्रम सम्पन्न

२०८१, फागुन २३ गते

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरु देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरिएको हो । यस फोरमले आज फागुन २३ गते, कम्पनीको प्रधान कार्यालय, थापाथलीमा, हरेक वर्ष मार्च ८ गतेका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी “रचनात्मक साहित्यिक प्रतियोगिता“ तथा अतिथि वक्ता श्री दीपा दाहाल ज्यू (उपकार्यकारी निर्देशक– नेपाल धितोपत्र बोर्ड) को सत्र राखी कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अतिथि वक्ता दीपा दाहाल ज्यूले वित्तीय उद्योगमा महिलाहरूको भूमिकाको बारेमा आफ्नो अनुभव साझा गर्दै, उनीहरूको योगदान, चुनौतीहरू र अगाडिको बाटोमा प्रकाश पार्नुभयो । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाईन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई केही तथ्याङ्कहरूमा प्रकाश पारी महिला सशक्तिकरणको लागि महिला आफैले नै पहल गर्नुपर्ने र पुरुषले पनि साथ दिनुपर्ने कुरामा जोड दिई महिला सशक्तिकरणको लागि प्रोत्साहन समेत गर्नुभयो ।

सिटिजन विमेन्स फोरमले नारी दिवसको अवसरमा कम्पनीका सम्पूर्ण कर्मचारीहरु बीच रचनात्मक साहित्यिक प्रतियोगिता पनि आयोजना गरेको थियो । सो प्रतियोगितामा प्रतिस्पर्धा जनाएका सम्पूर्ण कर्मचारीहरु मध्येबाट उत्कृष्ट ५ जनालाई कार्यक्रममा आफ्नो रचना प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो । प्रस्तुती पश्चात चुनिएका पहिलो, दोश्रो र तेश्रो कर्मचारीहरुलाई कम्पनीको व्यवस्थापन टिमले पुरस्कृत गर्नुभयो ।

फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरुको भुमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउदैं फोरमले आउने समयहरुमा यस्तै शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरुप विभिन्न कार्यहरु गर्ने भविष्यको सोच रहको बताइन् ।

कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत पोषक राज पौडेल ज्यूले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहको जनांउदै कार्यक्रम समापन भएको घोषणा गरे ।

यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सशक्तिकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सो को सहजतको लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समान्वय गर्नु रहेको छ ।

सम्बन्धित समाचार