Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आगामी चैत १० गते छैठौं साधारणसभा बोलाएको छ।  सभा, कुण्डलिनी रोयल्स, जोरपाटीमा बिहान ९ बजे बस्नेछ ।

कम्पनीले सेयरधनीलाई वितरण गर्न लाभांश प्रस्ताव समावेश गरेको छैन ।  सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभामा पेश हुनेछ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा अनुमोदन गर्ने र आयोजना पहिचान गरी उपयुक्त आयोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्। 

सम्बन्धित समाचार