Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
बैंकवित्त

‘एनआइसी बैङ्क कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा उत्कृष्ट’

‘एनआइसी बैङ्क कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा उत्कृष्ट’

‘एनआइसी बैङ्क कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा उत्कृष्ट’

काठमाडौ, फागुन ३ । एनआइसी एसिया बैङ्कले आफ्नाबारे केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति बैङ्कको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैङ्कको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू कपोलकल्पित तथा असत्य रहेको बैङ्कको दावी छ । 

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, समग्र वित्तीय सूचकाङ्कमा बैङ्कको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैङ्क व्यवस्थापनको कार्य कुशलता लगायत हरेक पक्षबाट बैङ्क सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैङ्क बन्ने मिसनमा निरन्तर सफल हुँदै गइरहेको बैङ्कको भनाइ छ । 

बैङ्कभित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायतका कुनै तहमा कुनै पनि किसिमको असमझदारीको झिल्कोसमेत नरहेको र बैङ्कको सम्पूर्ण संरचना नै सदाझैँ एकताबद्ध, दृढ, एवम् रूपान्तरणकारी दृष्टिले सबै सरोकारवालाको हित संरक्षण र सम्बर्द्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको बैङ्कको दावी छ ।

सम्बन्धित समाचार