Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ आजदेखि खुल्यो, पहिलो दिन कति प-यो आवेदन ?

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ आजदेखि खुल्यो, पहिलो दिन कति प-यो आवेदन ?

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ आजदेखि खुल्यो, पहिलो दिन कति प-यो आवेदन ?

काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको प्राथमिक सेयर ९आइपिओ० आजदेखि निष्कासन भएको छ । कम्पनीले आजदेखि १४ करोड ७६ लाख रुपैयाँ बराबरको १४ लाख ७६ हजार कित्ता सेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो। कम्पनीको आइपिओमा पहिलो दिन नै ४.१८ गुणा बढि अर्थता ४ लाख ९८ हजार १६१ वटा आवेदन परेको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको आइपिओमा ६१ करोड ७३ लाख ६२ हजार रुपैयाँ बराबरको ६१ लाख ७३ हजार ६२० कित्ता सेयर माग भएको हो ।

ओम मेगाश्री फर्मास्यूटिकल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आइपिओ बाँडफाँटपश्चात आजदेखि  सर्वसाधारणका लागि आइपिओ जारी गरेको हो । 
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँटसमेत गरिसकेको छ।

त्यस्तै, कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीको आइपिओमा चैत ३ गतेसम्म न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

सेयर निष्कासनको ढिलो मिति चैत १२ रहेकोमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेका कारण चैत ३ सम्म मात्रै आवेदन दिन पाइनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले आइपिओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालबाट दायित्व बहना गर्ने क्षमता मध्यम रहेको जनाउने संकेत केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइनबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीको हालसम्मको खर्च लागत ९७ करोड ५४ लाख ३६ हजार रुपैयाँ रहेको छ भने खर्च हुन बाँकी लागत २९ करोड ९ लाख ६३ हजार रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१५ वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ९.७५ वर्ष रहेको छ।

 

सम्बन्धित समाचार