Logo

Nov 08 2026 | २०८३, कात्तिक २३गते

images

प्रभु महालक्ष्मी लाइफको बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

प्रभु महालक्ष्मी लाइफको बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

अर्थ प्लस
प्रभु महालक्ष्मी लाइफको बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

काठमाडौं, चैत २९ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा वित्तीय दायित्वको मूल्याङ्कनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरको छ।

कम्पनीको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले चैत २७ गते स्वीकृत गरेपछि कम्पनीले आफ्नो विभिन्न बीमा योजनाहरूमा लागू हुने गरी नयाँ बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले ‘सावधिक’ बीमा योजनामा बीमा अवधिअनुसार घटीमा ३३ रुपैयाँदेखि बढीमा ७० रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै अर्काे बीमा योजना ‘सावधिक तथा आजीवन’ मा बीमा अवधिअनुसार ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस दिने जनाएको छ।

कम्पनीले ‘अग्रिम भुक्तानी सावधिक’ बीमा योजनामा ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म, ‘अग्रिम भुक्तानी सावधिक’ (समुन्नति एन्यूअल) बीमा योजनामा २३ देखि २७ रुपैयाँसम्म र ‘महालक्ष्मी सावधिक जीवन बीमा’ योजनामा ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

कम्पनीले अर्काे बीमा योजना ‘महालक्ष्मी सरल जीवन बीमा’ मा बीमा अवधिअनुसार ५२ रुपैयाँदेखि ५५ रुपैयाँसम्म, ‘महालक्ष्मी जीवन हेरचाह बीमा’ मा ५० देखि ५१ रुपैयाँसम्म र ‘महालक्ष्मी बाल बचत बीमा’ योजनामा ३२ रुपैयाँदेखि ३९ रुपैयाँसम्म बोनस दिने भएको छ।

त्यस्तै ‘महालक्ष्मी वार्षिक धनफिर्ता बीमा’ योजनाको सबै अवधिमा ३५ रुपैयाँ, ‘महालक्ष्मी धनधान्य बीमा’ योजनाको सबै अवधिमा ४५ रुपैयाँ र ‘महालक्ष्मी सावधिक आजीवन बीमा’ योजनाको पनि सबै बीमा अवधिमा समान ३८ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने जनाएको छ।

सम्बन्धित समाचार