Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४५.२० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४५.२० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

अर्थ प्लस
हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४५.२० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ, वैशाख ३० । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार चालु आवको ९ महिनामा कम्पनीले ३३ करोड २३ लाख ७९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा  ६० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्ष सोहि अवधिको तुलनामा  ४५.२० प्रतिशतले कम हो ।

चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष ३ अर्ब ९९ करोड रुपैयाँबाट घटेर ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ११.५५ प्रतिशतले घटेको हो ।

यता, कम्पनीको आम्दानी १ अर्ब ७९ करोड रुपैयाँबाट ४.०१ प्रतिशतले घटेर १ अर्ब ७२ करोडरुपैयाँ पुगेको छ । खर्च भने ४८ प्रतिशतले बढेर१ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।   कम्पनीको प्रतिशेयर आम्दानी १७.७३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३७५.५० रुपैयाँ रहेको छ ।

यसअवधिमा कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।  महाविपत्ती कोष ११.८९ प्रतिशतले बढेर ७ करोड ८२ लाख रुपैयाँ र जगेडा कोष २१ प्रतिशतले घटेर २४ करोड ५ लाख रुपैयाँ सन्चिति रहेको छ ।

सम्बन्धित समाचार