Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हकप्रद शेयर निष्कासन रद्द गर्न प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा

हकप्रद शेयर निष्कासन रद्द गर्न प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा

अर्थ प्लस
हकप्रद शेयर निष्कासन रद्द गर्न प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा

काठमाडौं, जेठ २ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आठौं वार्षिक साधारण सभा बोलाएको छ। सभा यहि जेठ २६ गते काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। कम्पनीको सातौं वार्षिक साधारण सभाले ७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेकोमा उक्त निर्णय रद्द गर्ने एजेन्डा रहेको छ।

साथै गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने लगायतका एजेन्डा छन्।

सभा प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सम्बन्धित समाचार