Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

मन्जुश्री फाइनान्सले सुरु गर्‍यो ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा, अन्तरबैंक रकमान्तर निःशुल्क हुने

मन्जुश्री फाइनान्सले सुरु गर्‍यो ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा, अन्तरबैंक रकमान्तर निःशुल्क हुने

अर्थ प्लस
मन्जुश्री फाइनान्सले सुरु गर्‍यो ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा, अन्तरबैंक रकमान्तर निःशुल्क हुने

८ असार २०८२, आईतवार
काठमाडौं । मन्जुश्री फाइनान्सले डिजिटल सेवामा सुधार गर्दै ‘इन्स्टा फन्ड ट्रान्सफर’ मार्फत निःशुल्क अन्तरबैंक रकमान्तर सेवा सुरु गरेको छ।

ग्राहकको डिजिटल बैंकिङ अनुभवलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याइएको यो सुविधा मन्जुश्री स्मार्ट मोबाइल बैंकिङ एप अन्तर्गत उपलब्ध हुने फाइनान्सले जनाएको छ । यसमार्फत एनपीएसमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थामा सजिलै पैसा ट्रान्सफर गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

ग्राहकको विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ कर्जा सुविधा प्रदान गर्दै आएको छ। हालसम्म २७ शाखा र १ विस्तारित काउन्टरमार्फत १ लाख ५० हजारभन्दा बढी ग्राहकलाई फाइनान्सले सेवा दिइरहेको छ ।

सम्बन्धित समाचार