Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एक महिनामै जीवन बीमा कम्पनीबाट सरेण्डरमार्फत बाहिरियो रु. १.२४ अर्ब, रिन्यु नभएका पोलिसी १२ लाख नाघे

एक महिनामै जीवन बीमा कम्पनीबाट सरेण्डरमार्फत बाहिरियो रु. १.२४ अर्ब, रिन्यु नभएका पोलिसी १२ लाख नाघे

अर्थ प्लस
एक महिनामै जीवन बीमा कम्पनीबाट सरेण्डरमार्फत बाहिरियो रु. १.२४ अर्ब, रिन्यु नभएका पोलिसी १२ लाख नाघे

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरूबाट सरेण्डरमार्फत रु. १ अर्ब २४ करोड ५१ लाख बाहिरिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यो रकम गत आवको सोही अवधिभन्दा १९.२१ प्रतिशत कम हो। गत आवको साउन महिनामा सरेण्डर रकम रु. १ अर्ब ५४ करोड ११ लाख थियो।

सरेण्डर हुने बीमालेख घटे

गत आवको साउन महिनामा १० हजार २९२ जनाले बीमालेख समर्पण गरेका थिए भने चालु आवको सोही अवधिमा संख्या घटेर ७ हजार ६६६ मा सीमित भएको छ। यसरी बीमालेख समर्पण संख्या २५.५१ प्रतिशतले कमी भएको छ।

तर, नविकरण नगरिएका बीमालेख बढे

यता, जीवन बीमकमा नविकरण नगरिएका बीमालेख (लाप्स पोलिसी) भने निरन्तर बढिरहेका छन्। रकम : गत आवको साउन महिनामा रु. ३४ अर्ब ८१ करोड २० लाख रहेकोमा यस वर्ष बढेर रु. ३७ अर्ब ३९ करोड ८२ लाख पुगेको छ (७.४३% वृद्धि)। संख्या : गत आवमा नविकरण नगरिएका पोलिसी ११ लाख ७८ हजार ५६२ मात्र थिए भने यस वर्ष बढेर १२ लाख २९ हजार ४४६ पुगेका छन् (४.३२% वृद्धि)।

असर

सरेण्डर रकम र संख्या केही घटे पनि, लाप्स पोलिसीको दर लगातार बढ्नु जीवन बीमा कम्पनीहरूको व्यवसायका लागि प्रतिकूल संकेत मानिन्छ। यसले दीर्घकालीन प्रिमियम संकलनमा कमी ल्याउने र कम्पनीहरूको नगद प्रवाह तथा नाफामा नकारात्मक असर पार्ने देखिन्छ।

सम्बन्धित समाचार