काठमाडौं, चैत १६ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको पुस २४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट पारित भएको चार प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराइएको छ ।
नेप्सेमा ११ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा कम्पनीले बोनस शेयर जम्मा गराएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गरेपछि बोनस शेयर डिम्याट खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । यस कम्पनीको ४ प्रतिशत बोनस बापतको ७ लाख ५४ हजार ६६१.६ कित्ता शेयर नेप्सेमा चैत्र १२ गते सोमबार सूचीकृत भइ सकेको छ ।
साथै, पुस ११ गतेसम्म धितो राखि कर्जा लिएका शेयरधनीको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक–वित्तीय संस्थाको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा गराइने भएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत आग्रह गरको छ ।
