Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

दराज नेपालद्वारा ‘१०.१० तिहार महोत्सव’ घोषणा, आकर्षक अफरमार्फत अत्यधिक बचत गर्न सकिने

दराज नेपालद्वारा ‘१०.१० तिहार महोत्सव’ घोषणा, आकर्षक अफरमार्फत अत्यधिक बचत गर्न सकिने

अर्थ प्लस
दराज नेपालद्वारा ‘१०.१० तिहार महोत्सव’ घोषणा, आकर्षक अफरमार्फत अत्यधिक बचत गर्न सकिने

काठमाडौं । तिहारको तयारी चलिरहेका बेला अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित १०.१० तिहार महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ । 

पहिलोपटक, यो सेल अक्टोबर ९ (असोज २३) को राति ८ बजेबाटै लाइभ हुने जानकारी दिइएको छ । यसले उपभोक्तालाई आफ्ना दैनिक काम सकिए लगतैको समयमा उपलब्ध गरिएका विशेष अफरहरूको लाभ उठाउने सुवर्ण अवसर प्रदान गर्नेछ । आकर्षक अफरहरू मार्फत अत्यधिक बचत गर्न सघाउने र चाडपर्वको अवसरमा अझ रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ घोषित यो महोत्सव अक्टोबर १६ (असोज ३०) सम्म चल्ने जानकारी दिइएको छ । 

दराजले यस वर्षको तिहारलाई थप अर्थपूर्ण तथा रोमाञ्चक बनाउने सोचका साथ महोत्सव मार्फत ७०% सम्मको छुट, निःशुल्क होम डेलिभरी, र रु. १ लाखभन्दा बढीको खरिदमा रु. १०,००० सम्मका फ्ल्याट भौचरहरू पनि उपलब्ध गराउने तयारी गरेको छ । तिहारको तयारीमा व्यस्त होइने यस समयमा, उपभोक्ताहरूले महोत्सव अवधिभर उपलब्ध हुने दैनिक फ्ल्याश सेल, विशेष अफरहरू, र आकर्षत मूल्य मार्फत हरेक दिन नयाँ सौगात प्राप्त गर्न सक्नु हुनेछ । महोत्सव अवधिभर १०.१० लाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ यस वर्षको प्ल्याटिनम पार्टर ब्रान्डहरू सिताफिल र रोह्टोले ४०% सम्म छुट प्रदान गर्दैछन् भने गोल्ड पार्टनरहरू एईविबी, ब्राण्डहाउस र मारिकोले ६०% सम्मको उत्सवमय बचत उपलब्ध गराउने बताइएको छ ।

यसै क्रममा, दराजले आफ्को विशेष ब्रान्ड गन्तव्य, दराजमलमार्फत उपभोक्तालाई १००% असली उत्पादनको आश्वासन प्रदान गर्नेछ । यसमा उपलब्ध गरिएका कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले त्यसको तीन गुणा क्याश ब्याक ग्यारेन्टि दिने व्यवस्था गरेको छ । दराजमल मार्फत ग्राहकहरूले सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेज लगायतका अग्रणी ब्रान्डहरूका उत्पादनहरूमा विशेष छुटसहित निश्चिन्तताको प्रत्याभुति पाउनेछन् ।

तिहारलाई नयाँ लुगा, नयाँ शैली र नयाँ सुरुवातको उत्कृष्ट अवसरका रूपमा पनि लिइन्छ । यसै कुरालाई विशेष दृष्टिगत गर्दै दराजले यस तिहारमा फेशनलाई अझ व्यापक बनाउँदै बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइक जस्ता अग्रणी फेसन ब्रान्डहरूमा ५०% वा सोभन्दा बढी छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।  

उपभोक्ताहरु माझ विशेष लोकप्रिय निःशुल्क डेलिभरी सुविधालाई पनि दराजले निरन्तरता दिनेछ । चुनिएका उत्पादनहरुमा न्यूनतम रु. ४९९को खरिद गर्दा उपभोक्ताहरुले निःशुल्क होम डेलिभरी सुविधा प्राप्त गर्न सक्नुहुनेछ । यस सुविधाको लाभ उठाउनका लागि भने ग्राहकहरूले दराज एपको होमपेजमा रहेको “फ्रि डेलिभरी” ब्यानरमा क्लिक गरी सम्बन्धित भौचर संकलन गर्नुपर्ने हुन्छ । 

अत्यधिक छुट, दैनिक फ्ल्याश सेल, बैंक अफर र सीमित समयका मेगा डिलहरू प्रदान गर्दै तिहार महोत्सव मार्फत आफ्ना उपभोक्तालाई यस वर्षकै सर्वाधिक फाइदाजनक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । दराज नेपालले सम्पूर्ण उपभोक्तालाई यस तिहारमा “आकर्षक अफरहरू र अत्यधिक बचत मार्फत  पर्व सुहाउँदो रमाइलो किनमेल अनुभव का साथ हर्षोल्लासमय तरिकाले किनमेल अनुभव लिनका लागि सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आनो सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सम्बन्धित समाचार