Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेशनल लाइफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम पोखरामा सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम पोखरामा सम्पन्न

अर्थ प्लस
नेशनल लाइफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम पोखरामा सम्पन्न

पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको लागि १ रात २ दिनको ‘सफलताको सुरुवात’ कार्यक्रम पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ।

भदौ महिनामा सञ्चालन भएको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई नेपाली सिने जगतका चर्चित कलाकार महानायक राजेश हमालका प्रेरणात्मक विचार तथा अनुभव सुनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख, विभिन्न शाखाका प्रमुखसहित देशैभरीबाट करिब ३०० जना उत्कृष्ट अभिकर्ताहरू सहभागी भएका थिए।

कार्यक्रमको उद्घाटन पानसमा द्विप प्रज्वलन गरी गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरूको योगदान कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भएको उल्लेख गर्दै नयाँ योजना तथा उच्च प्राथमिकताका कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो भने बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किलसम्बन्धी प्रशिक्षण पनि प्रदान गरे ।

महानायक राजेश हमालले कार्यक्रममा आफूले सिनेजगतमा अनुभव गरेको संघर्ष, निरन्तरता र जिम्मेवारीप्रति समर्पणको महत्वबारे चर्चा गर्दै जुनसुकै पेशामा निरन्तरता राख्दा उत्कृष्टता हासिल गर्न सकिने बिचार व्यक्त गरे।

कार्यक्रम मनोरञ्जनात्मक प्रस्तुतीसहित सम्पन्न भएको थियो र सहभागी अभिकर्ताहरूले महानायक हमालसँग साक्षात्कार गर्ने अवसर पाउँदा आभार व्यक्त गर्दै यस प्रकारका कार्यक्रमहरूले वृत्ति विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

 

सम्बन्धित समाचार