Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३५% लाभांश घोषणा, बोनश र नगद कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३५% लाभांश घोषणा, बोनश र नगद कति ?

अर्थ प्लस
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३५% लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं, चैत २१ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १० दशमलव २६ प्रतिशत बोनस शेयर र २४ दशमलव ७४ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

हाल कायम चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँबराबरको १०।२५ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँबराबरको बोनस सेयर र २४ दशमलव ७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारि भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Screenshot 2024-04-03 112408.png

सम्बन्धित समाचार