Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एनपीएल दोस्रो संस्करण : ‘पावर्ड बाई’को साझेदारीलाई एनसेलले दियो निरन्तरता

एनपीएल दोस्रो संस्करण : ‘पावर्ड बाई’को साझेदारीलाई एनसेलले दियो निरन्तरता

अर्थ प्लस
एनपीएल दोस्रो संस्करण : ‘पावर्ड बाई’को साझेदारीलाई एनसेलले दियो निरन्तरता

काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ । नेपाली क्रिकेटसँगको यो आवद्धताले स्थानीय क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका साथै खेल र प्यानहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ ।

क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित एनसेलले सहकार्य गरेको छ । यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गत वर्ष पनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो । 

यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । “एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ । यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धलाई उजागर गर्दछ । नेपाल र आम उपभोक्ताहरूलाई सधैँ जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ,” एनसेलले भनेको छ ।

एनपीएलसँगको सहकार्यबारे आफ्नो उत्साह व्यक्त गर्दै, एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपंग दत्तले भने, “हालैका टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । आज क्रिकेट राष्ट्रको सबैभन्दा ठूलो आशा मात्र नभई, हामी सबैलाई एकतावद्ध राख्ने खेल पनि हो । त्यसैले क्रिकेटको यो भव्य महाउत्सवमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित ‘पावर्ड बाई’ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । फ्यानहरूलाई घर, बाटो, अफिस, काम, कार्यालय, देश वा विदेश जहाँ भए पनि एनसेलको कनेक्टिभिटीमार्फत उनीहरूलाई यस संस्करणको हरेक क्षणसँग जोडिरहनेछौँ ।”

एनसेलको यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र सीमित नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि रहेको जनाएको छ । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरू आफू जहाँ भए पनि हेर्न सकिने सुविधा प्रदान गर्ने जनाएको छ । 

“क्रिकेटको विकासका लागि हाम्रो सहकार्यलाई निरन्तरता दिँदै एनपीएल दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’ पार्टनरका रूपमा एनसेललाई पाउँदा हामी धेरै खुसी छौँ । यो खेलले सबैलाई जोड्छ त्यसैले हामी उत्साहित छौँ । अन्तिम चरणमा पुगिसकेको छ । यस्तै सहकार्य र खेलहरूले नेपाली क्रिकेट र एनपीएललाई विश्वसामु स्थापित बनाउन ठूलो महत्त्व राख्दछ । खेलकुदको विकास र प्रवर्धनमा एनसेलको यो सहयोगका लागि नेपाल क्रिकेट संघ आभारी रहेको छ,” क्यानका सचिव पारस खड्काले भने । 

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले आफ्नो स्थापनाकालदेखिनै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।

 

 

 

सम्बन्धित समाचार