Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एभरेष्ट भेन्चर्सको ७ प्रतिशत लाभांश घोषणा

एभरेष्ट भेन्चर्सको ७ प्रतिशत लाभांश घोषणा

अर्थ प्लस
एभरेष्ट भेन्चर्सको ७ प्रतिशत लाभांश घोषणा

काठमाडौं- एभरेष्ट भेन्चर्सले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय हो। यो बोनस सेयर वितरणार्थ कम्पनीले करबापत लाग्ने ४ लाख ८७ हजार ९७४ रुपैयाँ नगद लाभांशका रुपमा छुट्याएको छ।

लाभांश पारित गर्न कम्पनीले आउँदो मंसिर २० गते दोस्रो वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

कम्पनीले ४९ लाख रुपैयाँ कर्जा लिने र त्यसका लागि अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले कम्पनीको लेखापरीक्षण, जोखिम व्यवस्थापन समिति पुनर्गठन र लगानीका सम्बन्धमा लिइएको निर्णयहरु पनि अनुमोदन गर्नेछ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

सम्बन्धित समाचार