Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सोनापुर मिनरल्स एण्ड आयलले पहिलो किस्ताबापत ८६.३० लाख भुक्तानी, विद्युत् प्राधिकरणले लाइन जडान

सोनापुर मिनरल्स एण्ड आयलले पहिलो किस्ताबापत ८६.३० लाख भुक्तानी, विद्युत् प्राधिकरणले लाइन जडान

अर्थ प्लस
सोनापुर मिनरल्स एण्ड आयलले पहिलो किस्ताबापत ८६.३० लाख भुक्तानी, विद्युत् प्राधिकरणले लाइन जडान

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल प्रालिले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको विद्युत्को पहिलो किस्ता रकम भुक्तानी गरेको छ। कम्पनीले बक्यौता रकममध्ये पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ तिरेको हो।

पहिलो किस्ता भुक्तानी भएलगत्तै नेपाल विद्युत् प्राधिकरणले सोनापुर मिनरल्समा विद्युत् लाइन पुनः जडान गरिदिएको छ। यसअघि बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत कात्तिक ७ गते उक्त उद्योगको विद्युत् लाइन विच्छेद गरेको थियो।

सोनापुर मिनरल्सले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापत कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ। यो रकम २८ किस्तामा विभाजन गरी भुक्तानी गर्न सकिने सुविधा प्रदान गरिएको छ।

सम्बन्धित समाचार