Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बागमती प्रदेशमा घरजग्गा कारोबारमा कमी, राजस्व सङ्कलन २३.६ प्रतिशतले गिरावट

बागमती प्रदेशमा घरजग्गा कारोबारमा कमी, राजस्व सङ्कलन २३.६ प्रतिशतले गिरावट

अर्थ प्लस
बागमती प्रदेशमा घरजग्गा कारोबारमा कमी, राजस्व सङ्कलन २३.६ प्रतिशतले गिरावट

काठमाडौं- बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा राजस्वमा असर परेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । 

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार घर, भवन नक्सापास कमी आउँदा राजस्व पनि घटेको देखिएको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेशमा घरजग्गा कारोबार र निर्माण क्षेत्रमा ठुलो गिरावट आएको छ । 

घरजग्गा रजिष्ट्रेशन संख्या र यसबाट आउने राजस्व घटेको २०८२ असारसम्म घरजग्गा रजिष्ट्रेशन संख्या २५ प्रतिशतले घटेर ९८ हजार ६४८ पुगेको प्रतिवेदनमा रहेको छ ।  अघिल्लो आर्थिक वर्ष २०८१ असारसम्म यो सङ्ख्या १ लाख ३१ हजार ४५१ थियो । त्यस अघिको  वर्षको सोही अवधिमा पनि घरजग्गा रजिष्ट्रेशन १८.१० प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

घरजग्गा रजिष्ट्रेशनबापत संकलन हुने राजस्वमा पनि २३.६ प्रतिशतले कमी आएको छ । घरजग्गा रजिष्ट्रेशनबापत २०८१ असारमा १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८२ असारसम्ममा यो घटेर १ खर्ब ३९ अर्ब ६४ करोड रुपैयाँमा आएको छ ।

यस्तै घर तथा भवनको स्थायी नक्सापास पनि घटेको छ । २०८१ असारबाट २०८२ असारसम्म १.७ प्रतिशतको सामान्य गिरावट देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख भएको हो ।

आर्थिक वर्ष २०८१ असारमा १ लाख ३१ हजार ७६५ घर तथा भवनका नक्सा पास भएकोमा २०८२  असारसम्म यो संख्या १ लाख ३० हजार १३९ मा झरेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार