Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षमा आयात ४३ अर्ब ८६ करोडले वृद्धि, राजस्व संकलनमा पनि उल्लेख्य सुधार

वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षमा आयात ४३ अर्ब ८६ करोडले वृद्धि, राजस्व संकलनमा पनि उल्लेख्य सुधार

अर्थ प्लस
वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षमा आयात ४३ अर्ब ८६ करोडले वृद्धि, राजस्व संकलनमा पनि उल्लेख्य सुधार

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्म वीरगञ्ज नाकाबाट २ खर्ब ८४ अर्ब ८९ करोडबरारको वस्तु तथा सामान आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४३ अर्ब ८६ करोडले बढी हो । गत आवको कात्तिकसम्म भने २ खर्ब ४१ अर्ब ३ करोडबराबरको वस्तु तथा सामान आयात भएको थियो ।

यस्तै यो अवधिमा आयातका साथसाथै राजश्व समेत वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चार महिनाको अवधिमा ७५ अर्ब ५९ करोड राजश्व उठाएको छ । गत आवको कात्तिकसम्म भने ६६ अर्ब ७३ करोड राजश्व संकलन भएको थियो ।

यस्तै वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ, २५ अर्ब ५२ करोडको फलाम तथा फलामबाट बनेको सामान, १९ अर्ब ५४ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा, १८ अर्ब ३१ करोडको भटमासको कच्चा तेल, १६ अर्ब बढीको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा र १५ अर्ब ४३ करोडको मलखाद आयात भएका छ ।

सम्बन्धित समाचार