Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सिईडिबी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय

सिईडिबी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय

अर्थ प्लस
सिईडिबी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय

काठमाडौं, बैशाख ११ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ र २०७८/७९ का लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले दुई आवको साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको उक्त साधारण सभा आगामी वैशाख ३१ गते ललितपुरेको नेवा ब्याम्बो कटेजमा आयोजना हुनेछ ।  

उक्त सभामा लाभांशको प्रस्ताव पारित गरिनुका साथै आव २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ र २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीतर्फको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएको सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

सम्बन्धित समाचार