Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सामलिङ्ग पावरले हकप्रद निष्कासन गर्ने

सामलिङ्ग पावरले हकप्रद निष्कासन गर्ने

अर्थ प्लस
सामलिङ्ग पावरले हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ। कम्पनीले चुक्तापूँजीको शतप्रतिशत, अर्थात् १ः१ अनुपातमा हकप्रद जारी गर्ने तयारी गरेको हो।

पुस २९ गते ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा बिहान १० बजे सुरु हुने सातौं वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित गरिनेछ।

सभामा हकप्रद निष्कासनसँगै कम्पनीको पूँजी संरचना संशोधन गर्ने र दुई जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

त्यसैगरी, सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण अनुमोदन गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार