Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सोलु हाईड्रोपावरको आईपीओ आजदेखि खुला

सोलु हाईड्रोपावरको आईपीओ आजदेखि खुला

अर्थ प्लस
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन सुरु गरेको छ। कम्पनीले कुल ८२ लाख कित्ता सेयर सार्वजनिक गरेको छ, जसमा सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीका लागि ३ लाख कित्ता छुट्टाइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू वा मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गतेसम्म खुला रहनेछ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले गत कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। पहिलो चरणअन्तर्गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि ४ करोड १० लाख कित्ता सेयर जारी गरिएको थियो।

पहिलो चरण पूरा भएपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन सुरु गरेको हो।

सम्बन्धित समाचार