Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विकास हाईड्रोपावरको वित्तीय नतिजा: नाफामा वृद्धि, खर्च घट्यो

विकास हाईड्रोपावरको वित्तीय नतिजा: नाफामा वृद्धि, खर्च घट्यो

अर्थ प्लस
विकास हाईड्रोपावरको वित्तीय नतिजा: नाफामा वृद्धि, खर्च घट्यो

काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले विद्युत बिक्री आम्दानीमा उल्लेख्य वृद्धि गर्दै नाफा दोब्बर बढाएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ करोड ६२ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८ करोड ७८ हजार रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा १०१.४८ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिसम्म कम्पनीले ५ करोड २ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ, जबकि अघिल्लो वर्षमा यो २ करोड ४९ लाख रुपैयाँ मात्र थियो।

यस अवधिमा कम्पनीको वित्त खर्च घटेर १ करोड २० लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष २ करोड ३७ लाख रुपैयाँ थियो। कर्मचारी सुविधा खर्च ५१ लाख १५ हजार, प्रशासनिक खर्च ३० लाख ४९ हजार र ह्रासकट्टी खर्च १ करोड ७७ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

कम्पनीको रिजर्भ पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष १ करोड २८ लाख रुपैयाँ रहेको रिजर्भ हाल ६ करोड ६७ लाख रुपैयाँमा पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको वित्तीय सूचकाङ्क यसप्रकार छन्:

  • प्रतिसेयर आम्दानी (EPS): ५.५२ रुपैयाँ

  • प्रतिसेयर नेटवर्थ: १०७.३४ रुपैयाँ

  • मूल्य–आम्दानी अनुपात (P/E Ratio): ९६.३१ गुणा

  • तरलता अनुपात: ३.९९ प्रतिशत

सम्बन्धित समाचार