Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढ्यो, कति पुग्यो खराब कर्जा ?

कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढ्यो, कति पुग्यो खराब कर्जा ?

अर्थ प्लस
कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढ्यो, कति पुग्यो खराब कर्जा ?

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नाफा रकममा १९.३७ प्रतिशतले वृद्धि गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा  ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले समीक्षा अवधिमा सो रकम बढाएर ५८ करोड ८६ लाख रुपैयाँ पुर्याएको हो । 

बैंकको नाफा रकम बढेको भए पनि वितरणयोग्य मुनाफा भने १६.४६ प्रतिशतले घटेर ४१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा बढेसँगै बैंकको नाफा बढ्न सहयोग पुगेको देखिन्छ । 

समीक्षा अवधिमा खुद ब्याज आम्दानी ९.२६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशतले वृद्धि भई २४ करोड ६७ लाख रुपैयाँ पुगेको हो । 

कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशतले बढेर २ अर्ब १२ करोड ७२ लाख रुपैयाँ र सञ्चालन मुनाफा १८.३४ प्रतिशतले बढेर ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । 

इम्पेरमेन्ट चार्ज ३१ करोड ७१ लाख रुपैयाँबाट घटेर २८ करोड ६२ लाख रुपैयाँ कायम भएसँगै बैंकको नाफामा सुधार भएको देखिन्छ । 

नाफा बढेको भए पनि बैंकको खराब कर्जा रकम भने बढेको छ । गत वर्ष ४.२७ प्रतिशत रहेको बैंकको खराब कर्जा समीक्षा अवधिमा बढेर ४.४० प्रतिशत पुगेको हो । 

बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी घटेर १४ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिशेयर आम्दानी २० रुपैयाँ ३२ पैसा कायम भएको छ।बैंकको मूल्य आम्दानी अनुपात २४.२ गुणा र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ, जसमा ३५ करोड रुपैयाँको ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर समावेश छ। 

जगेडा कोषमा २ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ सञ्चित गरेको बैंकले समीक्षा अवधिमा बैंकले ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

सम्बन्धित समाचार