Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

धनुषा डिष्टिलरीले २० प्रतिशत आइपिओ निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

धनुषा डिष्टिलरीले २० प्रतिशत आइपिओ निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

अर्थ प्लस
धनुषा डिष्टिलरीले २० प्रतिशत आइपिओ निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

काठमाडौँ / धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतामा मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ ।

सन् १९९८ मा स्थापना भएको धनुषा डिष्टिलरीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ ।

कम्पनीले हाल प्रिमियम ब्रान्डका ‘मुस्ताङ गोल्ड ह्विस्की’ र ‘मुस्ताङ भोड्का’ उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । आगामी दिनमा थप नयाँ उत्पादन बजारमा ल्याउने तयारीसमेत रहेको कम्पनीले जनाएको छ ।

उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन विविधीकरण तथा विस्तार गर्ने र नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम बन्ने कम्पनीको लक्ष्य रहेको छ ।

सम्बन्धित समाचार