Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

हिम पर्वत हाइड्रोपावरले बोलायो विशेष साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

हिम पर्वत हाइड्रोपावरले बोलायो विशेष साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

अर्थ प्लस
हिम पर्वत हाइड्रोपावरले बोलायो विशेष साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

काठमाडौँ, जेठ १० । हिम पर्वत हाइड्रोपावरले प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ  ।

कम्पनीको गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनसहितका प्रस्तावहरु पारित गर्न आगामी जेठ २७ गते विहान ११ बजे विशेष साधारण सभा बोलाएको हो । सभा कम्पनीको मूख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौमा  विहान ११ बजेदेखि शुरु हुने छ ।

सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ। यसैगरी, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ  ।

यसैगरी, सभाले संचालक समितिको संरचना परिवर्तन गर्ने सम्वन्धमा पनि छलफल गर्ने छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ  ।

कम्पनीले दोलखा जिल्लामा २० मेगावाट क्षमताको सागुँ खोला जलविद्युत आयोजना र ५.५० मेवा क्षमताको सागुँ खोला-१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

सम्बन्धित समाचार