Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

बजेटले बनायो लगानीकर्ता निरुत्साहित, २१०० विन्दुभन्दा तल झर्‍यो नेप्से

बजेटले बनायो लगानीकर्ता निरुत्साहित, २१०० विन्दुभन्दा तल झर्‍यो नेप्से

अर्थ प्लस
बजेटले बनायो लगानीकर्ता निरुत्साहित, २१०० विन्दुभन्दा तल झर्‍यो नेप्से

काठमाडौं, जेठ १६ । साता कारोबारको तेस्रो कारोबार अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटले पनि लगानीकर्ताहरुलाई निराश बनाएको प्रभाव शेयर बजारमा प्रस्ट देख्न सकिन्छ ।

बुधबार नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटतापनि सोमबारको तुलनामा कारोबार रकम चाँही बढेको छ । आज फाइनान्स, होटल र उत्पादन उपसूचकमा मात्र सामान्य बृद्धि भएको छ । यी बाहेक सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् ।

NEpse-1.jpg

आज तीन सय १४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ चार अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, पोखरा फाइनान्सको १९ करोड ५२ रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ । त्यस्तै, आज सीईडीबि हाइड्रोपावरको १९ करोड २७ लाख, सर्बोतम सिमेन्टको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ ।

 

सम्बन्धित समाचार