Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप

कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप

अर्थ प्लस
कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं, असार ४ । कुमारी बैंक लिमिटेडले जेठ २९ गते देखि लिलामीमा ल्याएको पाँच लाख ८१ हजार २५१ कित्ता संस्थापक शेयरमा आवेदन दिने म्याद थप गरिएको छ ।

बैंकका अनुसार अब उक्त शेयरमा असार ११ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । यसअघि बैंकले असार ४ गतेलाई आवेदन दिने अन्तिम मिति तोकेको थियो ।

यो शेयर जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउनेछन् । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिँदा घटीमा एक लाख र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

सम्बन्धित समाचार