Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रूपैयाँसम्म बोनश पाउने

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रूपैयाँसम्म बोनश पाउने

अर्थ प्लस
नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रूपैयाँसम्म बोनश पाउने

काठमाडौं, असार ७ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० को बीमाङ्कीय मुल्यांकन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनशदर अनुसार सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ९ वर्षदेखि अधिकतम २९ वा सो भन्दा माथि अवधिका बीमालेखले न्युनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउने छन् ।

यसका साथै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत न्युनतम ९ वर्ष देखि अधिकतम २९ वा सो भन्दा माथिको अवधि भएका बीमालेखमा बीमितले न्युनतम ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ प्रतिहजारका दरले बोनश पाउनेछन् ।

साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ९ वर्षदेखि अधिकतम २९ बर्ष वा सो भन्दा माथिको अवधिका बीमालेखहरुमा बीमितले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँ सम्म बोनश पाउने छन् ।

 

सम्बन्धित समाचार