Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

१६.८अर्बमा खुम्चियो बजार,शेयर निष्कासन प्रक्रिया बढेकाले बजार बढ्ने विश्वास

१६.८अर्बमा खुम्चियो बजार,शेयर निष्कासन प्रक्रिया बढेकाले बजार बढ्ने विश्वास

अर्थ प्लस
१६.८अर्बमा खुम्चियो बजार,शेयर निष्कासन प्रक्रिया बढेकाले बजार बढ्ने विश्वास

काठमाडौँ , असार  ८ । यो साता नेप्से परिसूचक ४३.३८ अंकले घटेको छ ।

यो साता नेप्से परिसूचक २ हजार ६८.९१ विन्दुमा बन्द भएको छ ।अघिल्लो साता भने नेप्से २ हजार ११२.२९ को विन्दुमा बन्द भएको थियो । सातामा शेयर बजारमा चार दिन कारोबार भएको  छ । उक्त अवधिमा बजार तीन दिन घटेको थियो भने एक दिनमात्रै बजार बढेको थियो ।एक दिन सार्वजनिक बिदा परेकाले यो साता चार दिन मात्र बजार खुला भएको थियो । 

यो साता परिसूचक र कारोबार रकममा आएको वृद्धिले बजार सकारात्मक बन्ने अपेक्षा गरिए पनि त्यो हुन सकेन । अघिल्लो साता ३४.५१ अंकले बजार बढेको थियो । यो साता भने बजार ४३.३८ अंकले घटेको छ ।

यो साता भने दोस्रो बजारमा १६.८ अर्बको कारोबार भएको छ ।अघिल्लो साता चाहिं २८.५७ अर्ब  रुपैयाँको कारोबार भएको थियो । यसआधारमा हेर्दा यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबै घटेको छ । अघिल्लो साता भने दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबै बढेको थियो ।  

यो साता बजार पूँजीकरण ३२.७९ खर्ब रहेको छ । अघिल्लो साता बजार पूँजीकरण ३३ खर्ब ४९ अर्ब रुपैयाँ थियो । यसआधारमा हेर्दा यो साता बजारमा गिरावट आएका कारण ७० अर्बले बजार पूँजीकरण घटेको छ ।

यो साताको कारोबारलाई हेर्दा लगानीकर्ताको मनोबल निकै कमजोर बन्दै गएको देखिन्छ । धितोपत्र बोर्डमा लामो समयदेखि  अध्यक्ष नियुक्त हुन नसक्नुका कारण लगानीकर्ताको मनोबल कमजोर भएको ब्रोकरहरू बताउँछन् । छ महीना वित्न लाग्दा पनि सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्न सकेको छैन। अझ अध्यक्ष नियुक्ति प्रक्रिया अझै लम्बिने देखिन्छ ।  कानूनी जटिलताका कारण यतिबेला बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अन्योल अवस्थामा छ । हुन त अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिने भएपछि ढिलै भएपनि बोर्डले सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया भने अघि बढाएको छ ।

गत पुस १९ गतेपछि रोकिएको सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएर खुला गरेको छ ।प्रक्रिया पुरा भएका र कैफियत नदेखिएका अरु कम्पनीलाई पनि अनुमति दिंदै जाने योजना रहेको धितोपत्र बोर्ड स्रोतले बताएको छ ।

 

सम्बन्धित समाचार