Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने, नगरे रोक्का हुने

असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने, नगरे रोक्का हुने

अर्थ प्लस
असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने, नगरे रोक्का हुने

काठमाडौं, असार १६ । असार मसान्तभित्र डिम्याट खाता नवीकरण गनुपर्ने, नगरे रोक्का हुने

लगानीकर्ता असार मसान्तभित्र डिम्याट खाता नवीकरण गनुपर्ने हुन्छ । यदि नगरे खाता रोक्का हुन्छ ।

निक्षेप सदस्यहरू (डीपी)ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेका छन् । हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

असार मसान्तसम्म नवीकरण नभएमा डिम्याट खाता रोक्का हुन जान्छ, भएको सेयर बेच्न पाइँदैन भने नयाँ सेयर खरिद गर्न पनि मिल्दैन । डिम्याट खाता नवीकरणवापत प्रत्येक वर्ष १ सय रुपैयाँ र मेरो सेयर नवीकरणवापत ५० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्दछ ।

कतिपय निक्षेप सदस्यले निश्चित रकम पहिले नै भुक्तानी गरेपछि आजीवन डिम्याट खाता नवीकरण गर्नु नपर्ने प्याकेज पनि उपलब्ध गराएका छन् । यस्तो प्याकेज लिएकाहरूले डिम्याट खाता नवीकरण गरिरहनु पर्दैन ।

घरमै बसेर पनि लगानीकर्ताले अनलाइन प्रणाली मेरो सेयर तथा भुक्तानीका विभिन्न माध्यममार्फत डिम्याट खाता नवीकरण गर्न पाउनेृ सुविधा रहेको छ ।पहिले मेरो सेयर ‘लगइन’ गर्नुहोस् । मेरो सेयर खुलिसकेपछि दायाँ साइडमा माथि भएको आफ्नो नाममा क्लिक गर्नुहोस् । ‘एकाउन्ट इन्फर्मेसन’मा रहेको ‘रिन्यू एकाउन्ट’मा क्लिक गर्नुहोस् । त्यसपछि भुक्तानीका माध्यम इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, एनसीएचएल देखा पर्दछ ।

जुन माध्यमबाट भुक्तानी गर्न चाहेको हो, त्यसमै क्लिक गर्नुहोस् । मेरोसेयर र डिम्याट दुवै नवीकरण, मेरो सेयर वा डिम्याट नवीकरणमध्ये एक छनोट गर्नुहोस् । मेरो सेयर पनि बर्सेनि नवीकरण गर्नुपर्ने भएकाले नवीकरण नगरेकाले ‘मेरो सेयर एण्ड डिम्याट’ क्लिक गर्नुहोस् ।

‘प्रोसिड’ मा क्लिक गरी भुक्तानी माध्यमको युजर नेम तथा पासवर्ड प्रयोग गरी लगइन गर्नुहोस् । लगइनपछि रकम ‘पे’ वा ‘सबमिट’ गर्नुहोस् ।

 

सम्बन्धित समाचार