Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

धितोपत्र बोर्डका अध्यक्ष रानाले दिए प्रशासकीय प्रमुखको जिम्मेवारी डा.अधिकारीलाई

धितोपत्र बोर्डका अध्यक्ष रानाले दिए प्रशासकीय प्रमुखको जिम्मेवारी डा.अधिकारीलाई

अर्थ प्लस
धितोपत्र बोर्डका अध्यक्ष रानाले दिए प्रशासकीय प्रमुखको जिम्मेवारी डा.अधिकारीलाई

काठमाडौं, असार १६ । नेपाल धितोपत्र बोर्डका अध्यक्षले नरेन्द्र कुमार रानाले प्रशासकीय प्रमुखको जिम्मेवारी कार्यकारी निर्देशक डा। नवराज अधिकारीलाई दिएको छ।नेपाल धितोपत्र बोर्डका अध्यक्षले नरेन्द्र कुमार रानाले अर्थमन्त्रालयमा बजेटको कामकारवाहीको चापको कारण हालालई बोर्डका कार्यकारी निर्देशकलाई प्रशासकिय प्रमुखको जिम्मेवारी दिएको हो।

गत बिहिबार प्रशासकीय जिम्मेवारी दिएको कार्यकारी निर्देशक डा। नवराज अधिकारीले बताएका छन् । रानाको अनुपस्थितिमा अध्यक्षको हैसियतले प्रशासकिय कामको अधिकारको बिषयमा बोर्डको सबै काम अघि बढाउने अख्तियारी उनले पाएका छन्।

तर उनले हकप्रद शेयर, प्राथमिक शेयर, डिभे ञ्चर र एफपीओ अनुमति दिने अधिकार बाहेकका प्रशासनिक जिम्मेवारी दिएको उनले बताए । साथै अनुमति पत्र दिने हकमा विभागबाट डा। अधिकारीमार्फत अध्यक्ष नरेन्द्र कुमार रानालाई इजाजत दिने बिषयमा जानकारी गराएर संचालक समितिमा लाने अख्तियारी डा। अधिकारीलाई दिएको छ।

जेठ दोस्रो साता कार्यकारी अध्यक्षको हैसियतमा अर्थमन्त्रालयबाट बोर्ड पठाइएका रानालाई अर्थमन्त्री वर्षमान पुनले गत साता अर्थमन्त्रालयमै बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिएका थिए ।

अर्थमन्त्रालयबाट सेबोनको सञ्चालक समितिमा सहसचिव प्रतिनिधि रहने व्यवस्था छ । गत चैतमा सरकारले धितोपत्र सम्बन्धी ऐन संशोधन गरेर बोर्डमा अध्यक्ष रिक्त रहेको अवस्थामा अर्थमन्त्रालयको प्रतिनिधिले नै कार्यकारी अध्यक्षको हैसियतमा काम गर्ने अधिकार दिएको थियो ।

एक महिनाअघि कार्यकारी अध्यक्षको अधिकार सहित बोर्ड प्रवेश गरेका रानाले सार्वजनिक निष्कासनको प्रक्रिया अघि बढाइसकेका छन्। उनको अनुपस्थितिमा उक्त काम बोर्डकै कार्यकारी निर्देशक अधिकारीले गर्ने भएका हुन्।

सम्बन्धित समाचार