Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

एनएमबि बैंकको एटीएम मेसिन फुटाउन खोज्ने एक जना पक्राउ

एनएमबि बैंकको एटीएम मेसिन फुटाउन खोज्ने एक जना पक्राउ

अर्थ प्लस
एनएमबि बैंकको एटीएम मेसिन फुटाउन खोज्ने एक जना पक्राउ

काठमाडौँ, असार १९ । पोखरामा एनएमबि बैंकको एटीएम फुटाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–५ जिरो किलोमा रहेको एटीएम फुटाउन खोज्ने धादिङको सिद्धलेक गाउँपालिका–३ घर भएका २३ वर्षीय रुपेश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले मंगलबार दिउँसो साढे २ बजेको समयमा जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए । तर रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरीको उद्योगमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित समाचार