Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

ग्लोबल आइएमई बैंकले यी स्थानको घरजग्गा बिक्री गर्दै

ग्लोबल आइएमई बैंकले यी स्थानको घरजग्गा बिक्री गर्दै

अर्थ प्लस
ग्लोबल आइएमई बैंकले यी स्थानको घरजग्गा बिक्री गर्दै

काठमाडौँ, असार १९ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको घर, जग्गाहरू लिलामी मार्फत बिक्रीमा ल्याएको छ ।

बैंकले नारायणगढ शाखा, चितवन र गुर्भाकोट शाखा, सुर्खेतको स्वामित्वमा रहेको घर, जग्गाहरू जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत् बिक्री गर्न लागेको हो ।

उक्त घर, जग्गाहरू खरीद गर्न इच्छुक व्यक्तिले बैंकको शर्तहरूको अधीनमा रही ७ दिनभित्र बोलपत्र फाराम भरी काठमाडौंको नक्सालस्थित बैंकको प्रधान कार्यालयको कर्जा असुली विभागमा पेश गर्नु पर्नेछ ।

बोलपत्र फाराम तोकिएको दस्तुर तिरी ग्लोबल आइएमई बैंकबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार