Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

उत्साहमय साताः परिसूचक २१ सय पुग्दा कारोबार रकममा समेत फड्को

उत्साहमय साताः परिसूचक २१ सय पुग्दा कारोबार रकममा समेत फड्को

अर्थ प्लस
उत्साहमय साताः परिसूचक २१ सय पुग्दा कारोबार रकममा समेत फड्को

काठमाडौँ, असार २२ । यस साता शेयर बजार उत्साहमय बनेको छ । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण सम्बन्धी लिखित सम्झौता भएसँगै शेयर बजारका लगानीकर्ता आशावादी बनेका हुन् । एमालेका नेता विष्णु पौडेललाई अर्थमन्त्री हुने हल्ला चलेसँगै यो साताको सोमबार बजारमा दोस्रो पटक सर्किट लागेको हो ।

एमालेकै प्रधानमन्त्री र अर्थमन्त्री बनेपछि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग तालमेल मिल्ने भएपनि लगानीकर्ता उत्साहित भएका हुन् । तत्काल एमाले सरकार बनि नसकेको अवस्थामा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यस साता पाँच दिन बजार खुल्दा चार दिन हरियाली भएको छ ।

आइतबार मात्र बजार दोहोरो अकंले घटेको छ । किनभने त्यो दिन एमाले सरकार आउने विषयमा कुनै छलफल भएको थिए । साताको पहिलो कारोबारको दिन बजार १४.८३ अकंले घटेर २०३७.०९ बिन्दुमा बन्द भएको छ । सोमबार बजार १६.२९ अकं, मंगलबार ४७.०४ अकं, बुधबार ३.७९ प्रतिशत र बिहिबार १५.४७ अकंले बढेको हो ।

यो साता समग्रमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो । सातामा नेप्से परिसूचक ६७।७६ अंकले बढ्यो भने कारोबार रकम एक अर्ब ३३ करोड ६४ लाख रुपैयाँले बढ्न पुग्यो । आइतबारदेखि बिहीबारसम्मको एक सातामा २२ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । गत साता २१ अर्ब ४१ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

परिसूचक २१ सय, कारोबार माघ यताकै उच्च

यस साताको अन्तिम दिन कारोबार २०८० साल यताकै उच्च बन्न पुगेको हो । माघ ७ गते ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार पुगेको हो । बिहिबार कारोबार ६ अर्ब ४८ करोड रुपैयाँको शेयर कारोबार भएको हो । यस साता कारोबार रकम पनि सन्तोजनक नै भएको छ ।

साताको आइतबार ३ अर्ब ६० करोड, सोमबार २ अर्ब ९९ करोड, मंगलबार ४ अर्ब ५७ करोड र बुधबार ५ अर्ब ८ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।

परिसूचक समेत यस साताका अन्तिम तिन कारोबार दिन २१ सय बिन्दु माथि उक्लिएको छ । यस साताको मंगलबार २१००, बुधबार २१०४ र बिहिबार २११९ बिन्दुमा परिसूचक पुगेको हो ।

यता, अर्थतन्त्र समेत सकारात्मक बनि रहेको अवस्था छ । वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटिरहेको छ । यसले समेत शेयर बजारलाई उचाईमा पुग्न बल पुराएको हुन्छ । अब कर्जा प्रवाह बढाउने गरी नीति आउने धेरैको अनुमान छ । गर्भनर महाप्रसाद अधिकारीलाई एमाले निकट ब्यक्तिका रुपमा लिइन्छ । अबको नयाँ सत्ता समिकरणमा समेत अर्थतन्त्र एमाले पाउने सहमति भएको छ । आउने दिनहरुमा केन्द्रीय बैंक र अर्थ मन्त्रालयबीच अझै बढी समन्वय हुने र सोही अनुसार वित्त र मौद्रिक नीतिबीच तालमेल हुन सक्ने लगानीकर्ताको बुझाई छ ।

सम्बन्धित समाचार