Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने, तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने, तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

अर्थ प्लस
प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने, तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौँ, असार २७ । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ ।

सो कार्यका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।उक्त कार्यका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर  तथा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार १० वर्षे अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% प्राइम डिबेञ्चर २०९१” नामक प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३० लाख कित्ताले हुने रकम ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी व्यक्तिगत तवरबाट बिक्री गरिने  छ ।

 त्यसैगरी, ४० प्रतिशत अर्थात् १२ लाख  कित्ताले हुन आउने रकम १ अर्ब २० करोड रुपैयाँ ऋणपूँजी (सोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि समेत) सर्वसाधारणमा बिक्री गरिने छ ।  

 

सम्बन्धित समाचार