Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सिद्धार्थ हस्पिटालिटीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

सिद्धार्थ हस्पिटालिटीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ प्लस
सिद्धार्थ हस्पिटालिटीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौँ, साउन १ । नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

सिद्धार्थ ग्रुप अन्तर्गतको आइपीओ जारी गर्न लागेको कम्पनी “सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेड“ अन्तर्गत बौद्धस्थित चार तारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन् ।

मंगलबार विहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

कूल जारी पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा ल्याउन लागिएको हो ।

सम्बन्धित समाचार